असार २९, २०८२ आइतबार July 13, 2025

संसदको महत्त्वपूर्ण काम सरकारको काम कारबाहीमाथि निगरानी गर्नु हो : सभामुख घिमिरे

संसद सचिवालयमा कार्यरत कर्मचारीहरुमा उच्च मनोबल, निष्पक्ष र प्रभावकारी कार्यसम्पादन तथा लगनशीलता वृद्धि गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख देवराज घिमिरेले संसदको एउटा महत्त्वपूर्ण काम सरकारको काम कारबाहीमाथि निगरानी गर्नु रहेको बताएका छन्।

बिहीबार संघीय संसद सेवा दिवस–२०८० को शुभकामना दिँदै उनले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्य सम्पादन गर्न, संसदीय क्षमता र सामर्थ्य विकास गर्न संसद सेवालाई अलग गरिएको उल्लेख गरेका छन्।

‘निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो। संसद सेवाको स्वायत्तताबारे खासगरी कर्मचारी वृत्तमा नै बहसहरु हुने गरेकोबारे म जानकार नै छु। अलग्गै सेवा सोचविचार गरेर नै गठन गरेको भन्ने स्मरण गराउन चाहन्छु।’ शुभकामना सन्देशमा अधिकारीले भनेका छन्, ‘संसदको एउटा महत्त्वपूर्ण काम भनेको सरकारको काम कारवाहीमाथि निगरानी गर्नु हो। सरकारको निगरानीको कामलाई प्रभावकारी कार्य सम्पादन गर्न, संसदीय क्षमता र सामर्थ्य विकास गर्न संसद सेवालाई अलग गरिएको हो।’

‘संसदलाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्री उपलब्ध गराउनु संघीय संसद सचिवालयको कार्य हो।’ घिमिरेले भनेका छन् ,‘संसद सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य, संसदीय कामकारवाहीमा अविच्छिन्न सहयोग पुगेको महसुस गरेको छु। स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित छ। ’

उनले संसदको प्रभावकारिता धेरै हदसम्म कर्मचारीहरुको क्षमता र सक्रियतामा निहीत रहेको उल्लेख गरेका छन्। सभामुख घिमिरेले आगामी दिनमा संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीहरुमा उच्च मनोबल, निष्पक्ष र प्रभावकारी कार्यसम्पादन तथा लगनशीलता वृद्धि गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे।

२०५८ सालमा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ। नेपालको संविधानको धारा २०७ मा संघीय संसदको काम कारवाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था छ। अन्नपुर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया