काठमाण्डौंः सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा.गोविन्द केसीले अनशन तोडेका छन् ।
केसीलाई रेनुका चौधरी र अञ्जली नेपालीले पानी खुवाएर अनशन तोडेका हुन्। उनी शुक्रबारदेखि अनशन बसेका थिए ।
गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए ।
उनको यो सम्भवत अहिलेसम्मकै छोटो अनशन हो । यसअघि पनि पटकपटक अनशन बस्दै आएका केसी अहिले भने तीन दिनमै पछि हटेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया