श्रावण ६, २०८२ मंगलबार July 22, 2025

इङ्गल्यान्डका जुनियर चिकित्सकहरूद्वारा हडताल सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इङ्गल्यान्डमा जुनियर चिकित्सकहरूले तलब र सर्तहरूलाई लिएर सरकारसँग लामो समयदेखि जारी विवादमा बुधबार तीन दिने हडताल सुरु गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का सबै चिकित्सकमध्ये करिब आधा जुनियर चिकित्सकहरूले बुधबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शनिबार बिहानसम्म हडताल सुरु गरेका हुन् ।

अर्को हडताल आगामी वर्ष जनवरी ३ देखि सुरु हुने र यो छ दिनसम्म चल्ने घोषणा गरिएको छ । एनएचएसको इतिहासमा यो सबैभन्दा लामो हडताल हुनेछ । एनएचएसले उसको वेबसाइटमा चेतावनी दिँदै अन्य चिकित्सकले अझै पनि काम गरिरहने भए पनि कर्मचारीमा हुने अवरोधले ऐच्छिक गतिविधिमा उल्लेखनीय कमी ल्याउने र यसबाट केही नियुक्ति र प्रक्रियाको पुनः तालिका बनाइने बताएको छ ।

“हडतालका दिनहरूमा दुर्घटना र आपत्कालीन विभागहरू तथा एनएचएस १११ (डिजिटल ट्राइएज सेवा) अत्यन्त व्यस्त हुने सम्भावना छ, यसमा सामान्यदेखि धेरै समयसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ”, उसले भनेको छ ।

ब्रिटिस मेडिकल एसोसिएसन (बिएमए) का अनुसार सन् २००८ पछि जुनियर चिकित्सकहरूको तलबमा एक चौथाइभन्दा धेरैले कटौती गरिएको छ । उनीहरूले बेलायतमा जारी जीवनयापनको लागत सङ्कटका बीच ३५ प्रतिशतले तलब वृद्धि हुनुपर्ने माग गरिरहेका छन् ।

हालै गरिएको कुराकानीमा चिकित्सकहरूलाई आठ दशमलव आठ प्रतिशत तलब वृद्धिमा थप तीन प्रतिशत वृद्धिको प्रस्ताव गरिएको थियो तर बिएमएले चिकित्सकहरूको ग्रेडमा असमानरूपमा फैलिने भएकाले यस वर्ष पनि धेरै चिकित्सकहरूको तलब कटौती हुने बताएको छ ।

वित्तमन्त्री जेरेमी हन्टले एक अन्तरवार्तामा हडताललाई ‘अविश्वसनीयरूपमा निराशाजनक’ भन्नुभयो । उहाँले स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव भिक्टोरिया एटकिन्सले ‘उहाँको ढोका रचनात्मक छलफलका लागि खुला’ रहेको बताउनुभएको जानकारी दिनुभयो ।

एनएचएस कन्फेडरेसन तथा पेसेन्ट्स एसोसिएसनसहित पाँच सङ्गठनले खुला पत्र लेख्दै सरकार र बिएमए दुवैसँग ‘वार्ताको टेबलमा फिर्ता हुन’ र ‘समाधान खोजेर आफ्नो विवाद समाप्त’ गर्न आह्वान गरेका छन् ।

संयुक्त अधिराज्य (युके) मा एज युके नामक परोपकारी संस्थाका क्यारोलिन अब्राहमले भन्नुभयो, “एनएचएसमा वर्षको सबैभन्दा व्यस्त समयमा भइरहेको र हुन गइरहेको हडतालले वृद्धहरूको स्वास्थ्यका लागि ठूलो सम्भावित खतरा उत्पन्न गर्न सक्छ ।”सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार