कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

उच्च अदालतमा स्वचालित पेशी प्रणाली सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उच्च अदालत र यसका इजलासहरूमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । आइतबार उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबिच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले सबै उच्च अदालतहरूमा पनि मानवको हस्तक्षेपविहीन ढङ्गले पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिएको उल्लेख गर्दै त्यसलाई न्यायिक इतिहासकै एक सुखद क्षणको रूपमा स्मरण गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सफल भएको त्यो प्रविधिले उच्च अदालतमा पनि सबै सेवाग्राहीलाई बिना भेदभाव पेशी तारेख लिन पाउने र अदालतमा पनि अनियमितता नहुने कुराको सुनिश्चित भएको दाबी समेत गर्नुभयो । उहाँले सो प्रणालीसँगै पेशी तारेखका लागि अब कसैको भनसुन वा आग्रहमा हुने कुराको पनि अन्त्य भएको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले सो प्रविधि सर्वोच्च अदालतकै सूचना प्रविधि विभागले तयार गरेकाले त्यसमा कुनै समस्या आए तत्काल समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो प्रविधिको जिल्ला अदालतमा पनि शुभारम्भ गराउनका लागि आफूले अध्ययनको कामलाई अघि बढाएको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “आज सबै उच्च अदालतहरूमा अब पेशी सुनुवाइका लागि दिने तारिक पनि मानवको हस्तक्षेपविहीन रूपमा आफैँ सफ्टवेयरले आफ्नो किसिमबाट दिने पद्धति हामीले आज शुभारम्भ गर्‍यौँ । यो एउटा सुखद क्षण हो । यसले हाम्रो न्यायिक काम कारबाही, प्रशासनिक काम कारबाहीमा सरलता त दिन्छ नै । र, यसप्रति सबैको विश्वास, यसको गुणस्तरीयता, पारदर्शिता र यो प्रतिको विश्वास सबैले अपनाउँछन् ।

किनकि यो सिस्टमबाट हुने कुरा हो । यहाँ कसैले भनसुन र आग्रह गरेर हुने कुरा छैन । यसैले हाम्रा कर्मचारी साथीहरूलाई पनि निश्चिन्त भएका आफ्ना काम गर्न थप बल पुग्ने भयो । त्यस्तै सेवाग्राही साथीहरूलाई पनि भेदभावबिना पेशी तारेक प्राप्त हुने दिन आयो । सायद न्यायिक इतिहासमा यो पहिलो पटक हुँदैछ । त्यसैले मलाई अत्यन्तै खुसी लागेको छ । तपाई हामीले यति छोटो अवधिमा हाम्रो सर्वोच्च अदालतकै आइटीको टिम विशेष गरेर हाम्रो माननीय न्यायाधीश नहकुल सुवेदी शर्माले । उहाँहरूले असाध्यै छिटो समयमा उच्च अदालतमा यस किसिमबाट शुभारम्भ गर्नुभयो ।”

उहाँले यो कामका लागि बाहिरबाट सहयोग नलिएको बताउनुहुँदै केही समस्या प¥यो भने भित्रैबाट समाधान गर्नसकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब यसपछिको पालो जिल्ला अदालतमा पनि यसको शुभारम्भ गर्न पाए हुन्थ्यो भनेर अध्ययनको कामलाई प्रारम्भ गरिसकेको छु । यसको महत्वको बारेमा मैले अब धेरै भन्नुपर्दैन । पारदर्शिता देखाउँछ यसले । भेदभावको कुरा छैन यसमा । अनियमितता भयो यो क्षेत्रमा । यसमा पनि अब गुनासो कम होला । गुनासो हुँदैन होला जस्तो लाग्दछ मलाई ।”

यस बाहके उहाँले भविष्यमा सर्वोच्च अदालतमा कुनै न कुनै रूपमा अनलाइन रजिष्ट्रेशनको पद्धति बसाल्ने बताउनुभयो । “आफ्नो फर्मबाट नै कानुन व्यवसायीको फर्मबाट नै यो रजिष्ट्रेशन गर्न सकिने, अदालतमा लाइन लागेर मुद्दा दर्ता गर्न आउन नपर्ने स्थितिको लागि मैले शुभारम्भ गर्ने मौका पाउँछु होला जस्तो मलाई लाग्छ । त्यसको अध्ययन गर्ने कार्यको हामी अन्तिम अन्तिममा छौँ। यो पनि एउटा यहाँहरूलाई जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले अदालतका इजलासहरूलाई पनि प्रत्यक्ष प्रसारणका लागि अध्ययनको कामलाई अघि बढाएको बताउनुभयो । केही समय पहिले आफूले भारतको सर्वोच्च अदालतको इजलास प्रत्यक्ष प्रसारण गरेको कुरा त्यहाँका भ्रमणका क्रममा पाएकाले नेपालमा पनि त्यसलाई लागू गराउनका लागि अध्ययनको कामलाई अघि बढाएको उहाँले बताउनुभयो । प्रधानन्यायाधीश श्रेष्ठले कानुन व्यवसायीहरूले आफ्नो फर्मबाट मुद्दा दर्ता गर्ने प्रणालीको विकास गर्न पनि आफू लागि परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तारेक लिने पक्षहरूलाई पनि अदालतमा आइरहन नपर्ने त्यस्तो खालको प्रविधि यसैले दिन्छ कि भनेर अध्ययन गर्न पनि मैले लगाएको छु । अब तारेक लिनलाई हाम्रा फाँटवाला साथीहरूमा आइरहनुपर्ने, तारेक लिन लाइन लागिरहनु पर्ने, भिडभाड भइरहनुपर्ने । यी कुराहरूलाई पनि के गर्न सकिन्छ ? प्रविधिले यसलाई केही सहयोग गर्न सक्छ कि भनेर अध्ययन गर्न लगाई राखेको छु मैले ।”

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयलाई प्रविधिमैत्री बनाउने काममा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार