कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

बालुवाटारमा शीर्ष नेताहरूबीच बैठक सुरु, संक्रमणकालीन न्यायसम्बन्धी छलफल शुरु

राजनीतिक सहमतिकै आधारमा विधेयकलाई टुंग्याउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकका टुंगिन बाँकी विषयमा शीर्ष नेताहरूबीच आज पनि छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष ओली, कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङ, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, एमाले सचेतक महेश बर्तौला, कांग्रेस नेता एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलगायत नेता सहभागी छन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा दर्ता गरेको छ । तर दलहरुबीच विधेयकका विषयहरुमाथि सहमति जुट्न सकिरहेको छैन भने पीडितहरुले पनि विधेयकका कतिपय व्यवस्थामाथि असन्तुष्टि जनाउँदै आएका छन् ।

संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले राजनीतिक सहमतिकै आधारमा विधेयकलाई टुंग्याउने निर्णय गरेसँगै नेताहरूबीच छलफल सुरु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार