श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भूकम्प प्रभावित जिल्लामा टाइफाइड विरुद्धको खोप दिने तयारी पूरा

सुर्खेतमा टाइफाइट विरुद्धको खोप अभियान दुई चरणमा शुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुर्खेतसहित भूकम्प प्रभावित जिल्लाहरुमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।

जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा विहीबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका सम्पूर्ण तयारीहरु पुरा भएको जानकारी दिएको हो ।

सुर्खेतमा टाइफाइट विरुद्धको खोप अभियान दुई चरणमा शुरु हुनेछ । पहिलो चरण पुस १२ देखि १५ गतेसम्म जिल्लाका लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालन गरिनेछ ।

त्यसपछि दोस्रो चरण पुस २१ देखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जन स्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनु भयो ।

उहाँले टाइफाइडविरुद्ध खोप अभियानबाट सुर्खेतका १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाख भन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको बताउनु भयो । उहाँका अनुसार खोप अभियान सम्बन्धित पालिकाका वडा स्थित स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुने छन् ।

खोप अभियानमा सुर्खेत मात्र करिब दुई हजार स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन हुने जन स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन उदय विसीले जानकारी दिनु भयो ।

टाइफाइटको उच्च जोखिम रहेका भूकम्प प्रभावित जाजरकोट, पश्चिम रुकुमसहित सल्यान, दैलेख, कालीकोट र जुम्लामा पनि टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन हुने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार