कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

स्वयम्भू वृत प्रमुख डीएसपी पूर्णिमा चन्द उत्कृष्ट प्रहरी घोषित

मंसिर महिनाको ‘पोलिस अफ द मन्थ’ बाट अवार्डेड भइन प्रहरी नायव उपरीक्षक चन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमा कुमारी चन्द मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन उत्कृष्ट कार्य गरेको ठहर गर्दै मंसिर महिनाको ‘पोलिस अफ द मन्थ’ घोषणा गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको हस्ताक्षरमा चन्दलाई प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ, ‘नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाईँले पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै २०८० साल मंसिर महिनाका ‘पोलिस अफ द मन्थको रूपमा यो प्रशंसा पत्र प्रदान गरिएको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार