कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

‘धोती दिवस’ मनाउन गएकी सामान्य प्रशासन मन्त्री अनिता देवी पक्राउ

जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अन्य नेताहरुलाई पनि पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ‘धोती दिवस’ मनाउन गएकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार धोती दिवस मनाउन माइतीघरमण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै उनलाई पक्राउ गरिएको हो।

प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अन्य नेताहरुलाई पनि पक्राउ गरेको जनाएको छ।

सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा सोमबार बिहान जनमत पार्टीले प्रदर्शन गरेपछि मन्त्री साहसहित ५३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो। मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा गएकी थिइन्।

जनमत पार्टी अध्यक्ष राउतसहित पक्राउ परेका ५३ जनालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ। जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार