श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गेटामा विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

गेटामा एक सय ४१ जना स्वास्थ्यकर्मीको स्वीकृति भएकोले एक सय सैय्याको अस्पताल चलाउन समस्या नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, १६ पुस । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नु पर्ने बताएका छन्।

धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन कम्तिमा पनि तीन सय सैय्याको अस्पताल चलेको हुनुपर्ने बताए।

विश्वविद्यालय बनाउन अस्पताल राम्रो चलेको हुनुपर्ने बताउँदै उनले एक सय सैय्याको अस्पताल राम्रोसँग चलाएर तत्काल तीन सय सैय्याको अस्पताल सुरु गर्नु पर्ने बताए।

त्यसपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय चलाउन कुनै समस्या नहुने मन्त्री बस्नेतको भनाइ छ। मेडिकल क्षेत्रका जुनसुकै विद्यार्थीलाई पनि बिरामी चाहिने भएकाले अस्पताल चलेको हुनुपर्ने उनको धारणा छ।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बन्न सुरुमा एक सय सैय्याको अस्पताल राम्रोसँग चल्नु पर्छ,’ उनले भने,‘त्यसपछि तीन सय सैय्याको अस्पताल चलाउने र त्यो राम्रोसँग चले मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन योग्य हुन्छ।’

उनले गेटामा केही थप स्वास्थ्यकर्मीको व्यस्थापनगरि उपचार सेवा सुरु गरेको बताए। गेटामा एक सय ४१ जना स्वास्थ्यकर्मीको स्वीकृति भएको हुँदा अहिले एक सय सैय्याको अस्पताल चलाउन समस्या नहुने उनको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार