काठमाडौं, २४ पुस । राष्ट्रियसभा उम्मेदवारी बिरूद्द आज उजुरी दिन समय छुटाइएको छ ।
माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारबिरूद्द आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० गते समयसिमा सकिन लागेका २० सदस्य मध्ये १९ जना निर्वाचित भएर जानेछन् भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।
जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भाेली भनेर यसरी परेका उजुरी बिरूद् छानबिन गरिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया