कार्तिक २९, २०८३ आइतबार November 15, 2026

माघ १ गते सम्यक दान पर्व मनाउने तयारी सुरु

पुस महिनाको अन्तिम दिनमा भक्तपुरका ५ दिपंकरहरुलाई निम्तो दिन जाने र माघ १ गते यक्ष गरी सम्यक महादान पर्व मनाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, २३ पुस । भक्तपुरको ऐतिहासिक विहार थथु बहिमा आजबाट सम्यक दान (हामो जा नकेगु) पर्वको तयारी थालेको छ ।

माघ १ गते मनाईने सो पर्वकालागि आजबाट तयारी सुरु भएको सम्यक महादान सहयोग समितिका सचिव राजुमान बज्राचार्यले जनाएका हुन । समितिका अध्यक्ष दिनेश बज्राचार्यका अनुसार नेवारी परम्परा अनुसार सम्यक दानलाई हामो जा नकेगु भन्ने गरिएता पनि यस अवसरमा ८४ ब्यञ्जनदान गर्ने पर्व भएको बताए ।

भक्तपुरमा ऐतिहासिक सम्यक दानपर्व सम्पन्न (फोटोफिचर) « News24 : Premium News  Channel

परापूर्व कालमा ८४ ब्यञ्जनदान गर्ने प्रचलन रहे पनि हाल कृषि उत्पादन घटेकाले सो अनुसार दान गर्न आवश्यक कृषि उत्पादन नभएको अर्का सदस्य रविकिरण बज्राचार्यले बताए । उनका अनुसार सो पर्व ३ सय वर्ष पहिलेबाट सुरु भएको हो ।

सो पर्व मनाउन बज्राचार्यहरु काठमाण्डौबाट भक्तपुर आएर जीर्ण अवस्थामा रहेको थथु बहि सहित अन्य सम्पदाहरु संरक्षण गरेको उनले बताए ।  काठमाण्डौमा ५-५ वर्ष र ललितपुरमा १२-१२ वर्षमा मात्र हुने यो पर्व भक्तपुरमा हरेक वर्ष आयोजना हुँदै आएको छ ।

सम्यक पर्वमा दान लिँदा र दिँदा हुन्छ श्रीवृद्धि | Khabarhub Khabarhub

दान नै पूण्य भएको भन्दै बौद्ध दर्शन अनुसार यो पर्व बनाउन आजबाट गहुको पीठोबाट बनाइने परम्परागत लडु बनाउन सुरु गरेको समितिका उपाध्यक्ष सप्तमान बज्राचायले बताए । यस वर्ष आफ्नै नेतृत्वमा सम्यक दानको तयारी भएको भन्दै उनले गत वर्ष १७ सय सहभागी भएको र यस वर्ष २ हजार भन्दा बढी सहभागी हुने भएकाले लडु र स्वारी बनाउने कार्य थालेको जानकारी दिए ।

समितिका चिनियाँकाजी बज्राचार्यले सम्यक महादानको अवसरमा हुने पूजापाठ बारे जानकारी दिदै पुस महिनाको अन्तिम दिनमा भक्तपुरका ५ दिपंकरहरुलाई निम्तो दिन जाने र माघ १ गते यक्ष गरी सम्यक महादान पर्व भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार