भाद्र ८, २०८३ सोमबार August 24, 2026

सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिका सभापति चयन आज

प्रदेशसभामा हाल रहेका विषयगत समितिका सभापति सम्भतः निर्विरोध निर्वाचित हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो ।

प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार समितिका सभापति पदका प्रत्यासीले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक समिति छन् । यसबाहेक ‘विषेश अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ ।

प्रमुख दलहरूबीच भएको सहमतिअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका देवानसिंह विष्ट, (एकीकृत समाजवादी)की माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का वीरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले ‘विषेश अधिकार’ समितिको नेतृृत्व गर्ने समझदारी भएको जनाइएको छ । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा उम्मेदवारी दिएका कांग्रेसका देवानसिंह विष्टले भने, “प्रदेशसभामा हाल रहेका विषयगत समितिका सभापति सम्भतः निर्विरोध निर्वाचित हुने देखिन्छ, सदन चलेपछि विषेशअधिकार समितिको गठन र त्यसको सभापति सदस्यहरूको चयन गर्ने प्रक्रिया अघि बढ्नेछ ।”

समिति नेतृत्वविहीन हुँदा प्रदेश सरकारका काम–कारबाहीको नियमन र निगरानी गर्ने काम हुन नसकेको मात्र नभई समितिका आफ्ना आन्तरिक काम–कारबाही पनि ठप्प प्रायः थिए ।

यसअघि गत असोजमा समितिका सभापति छनोट गर्न प्रकाशन भएको निर्वाचन कार्यतालिका अन्तिममा स्थगन गरिएको थियो । कांगे्रस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नुभएको छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित छ दल र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार