भाद्र ८, २०८३ सोमबार August 24, 2026

‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग

पहाडी जिल्लाहरुमा स्कुल लेभलमा नै विवाह गरेकाहरु छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताउनु भयो । उहाँले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताउनु भयो ।

उहाँले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको बताउनु भयो । विवाह अगाडि सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताउनु भयो । उहाँले बालविवाह,महिला हिंसा,बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ । विवाह दर्ता गरेन भने कतिपय कुराहरु हामीले पाउँदैनौं । विवाहको लागि लाइसेन्स लिने राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन शुरु नगर्ने त ? २०३० सम्म जुन च्यालेन्स मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन । लिगल केही कुरा ल्याउन सकियौं भने हुन्छ । विवाह दर्ता गर्ने पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । कति जनाले बुबा आमालाई समेत झुक्याएर विवाह गरि दिएका हुन्छन् ।

लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो । यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ । वडा जिल्ला प्रशासन अफिसमा धेरै डण्डा हुन्छ । त्यसमा एउटा पानमा मात्रै विवाह लाइसेन्स थप्ने हो । धेरै देशहरुमा विवाह लाइसेन्स लिनैपर्छ । अगाडि नै विवाह भइसकेकाहरुलाई के गर्ने ? जसले बिरोध गर्छ उनीहरुलाई सुरक्षा कसले दिने ? पहाडी जिल्लाहरुमा स्कुल लेभलमा नै विवाह गरेकाहरु छन् । उनीहरुलाई कसले अभिमुखिकरण गर्ने ।’

उहाँले नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको बताउनु भयो । उहाँले कम उमेरमा विवाह गर्नेहरुलाई आवश्यक अभिमुखिकरण दिनुपर्ने बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार