असार २९, २०८२ आइतबार July 13, 2025

वन्यजन्तुको संरक्षण र पर्यटनलाई सँगसँगै अगाडी बढाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औँ संस्करण आजदेखि सुरु भएको छ ।

महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले वन्यजन्तुको संरक्षण र पर्यटनलाई सँगसँगै बढाउनुपर्ने बताउनुभयो ।

उहाँले वनजंगल र वन्यजन्तुको संरक्षणसँगै पर्यटन र वन क्षेत्रबाट लिन सकिने नाफा लिन सकेमा मात्रै त्यसले आर्थिक क्षेत्र बलियो हुने बताउनुभयो । “निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्छ ।”, उहाँले भन्नुभयो , “मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जन तथा पर्यटनबाट आर्थिक लाभ लिनुपर्छ ।”

उहाँले संरक्षणलाई पर्यटनसँग जोडेर आर्थिक विकासका गतिविधि बढाउन सबैलाई आग्रह गर्नुभयो । चितवनमा रेलमार्गको सम्भावना रहेको भन्नुहुँदै उहाँले वन र वन्यजन्तुलाई असर नपर्ने गरी रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउनुपर्छ भन्नुभयो । “निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणको काम रोकिनु हुँदैन”, उहाँले भन्नुभयो, “दूरगामी प्रभाव पर्ने काम हो अगाडि बढाउनुपर्छ ।”

आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महोत्सव गर्ने आँट गर्नु चानचुने कुरा नभएको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले रत्ननगर महोत्सवले चितवनको आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकार र नीजि क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यको लागि पहल सुरु गर्नुपर्ने बताउनुभयो । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उहाँले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनुभयो । “मुलुकमा आर्थिक सङ्कटको असर चौतर्फी रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “सङ्कटको समाधानको लागि राज्य चनाखो हुनुपर्छ ।”

महोत्सवमा कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरू रहेको आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो ।

यस पटकको महोत्सवमा तीन लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहा चोक बसपार्कमा विभिन्न जनजातिहरूको विशेष खाना, उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकारसहित पाँचौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार