कार्तिक २९, २०८३ आइतबार November 15, 2026

स्याङ्जाको भीरकोटस्थित मन्दिरमा अज्ञात समूहद्वारा आगजनी तथा तोडफोड

जनप्रतिनिधी र स्थानीयको रोहोबरमा प्रहरीले मुचुल्का उठाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्याङ्जाको भिरकोट नगरपालिका ९, स्थित नारायण गिरी मण्डली बाबाको मन्दिरमा अज्ञात समुहले आगजनी तथा तोड्फोड गरेका छन् ।

भिरकोट नगरपालिकाको उच्च भू-भागमा रहेको धार्मिक स्थलको रुपमा परिचित मन्दिरको मूर्ति, हतियार, घण्टी लगाएतका सामग्रीमा तोडफोड भएको त्यस वडाका वडाध्यक्ष भिम गुरुङले जानकारी दिनु भएको छ ।

दाउरा काट्न गएका स्थानीयले मन्दिरको अवस्था देखेपछि गाउँवासीलाई खबर गरेका थिए । जनप्रतिनिधी र स्थानीयको रोहोबरमा प्रहरीले मुचुल्का उठाएको छ ।

घटनाको प्रकृति हेर्दा त्रिशुल र घन प्रयोग गरेर मन्दिर तोडफोड भएको देखिएको छ । मट्टीतेलको प्रयोग गरेर आग्जनी भएको भिरकोट-९ का वडा अध्यक्ष भिम गुरुङले बताउनुभयो । प्रत्येक वर्ष वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली पर्वको अवसरमा त्यहाँ पूजा हुने गर्दछ ।एनटीभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार