कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

बागमती प्रदेश सरकारको पहिलो प्राथमिकता खेलकुद : मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारको पहिलो प्राथमिकता खेलकुद रहेको बताउनु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा बनेपामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र खेलकुद विकास समितिले निर्माण गरेको भवनको समेत उद्घाटन गर्नुहुदैँ उहाँले बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

बागमती प्रदेश सरकारले स्थानीय तहका लागि नयाँ नीति बनाएको र सडकका लागि पैसा परेन भनेर चिन्ता नगर्न स्थानीय सरकारका प्रतिनिधिहरुलाई मुख्यमन्त्री कट्टेलले अनुरोध गर्नुहुदैँ खेल तथा अन्य क्षेत्रका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले हरेक क्षेत्रको विकास बागमती प्रदेश सरकारको प्राथमिकतामा पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सरकारका मन्त्रीहरु तीर्थ लामा र लक्ष्मण लम्साल, पुर्व मन्त्री तथा सांसद रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी लगायतले प्रतियोगिता सफलताको शुभकामना दिनु भएको थियो ।
प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट विभिन्न विद्यामा उत्कृष्ट भई ९ सय ६० जना विद्यार्थीहरु सहभागि भएका छन् ।

प्रतियोगितामा भलिबल, हाईजम, लङजम, कवड्डी, दौड, ज्यावलङ थ्रो,कराते लगायतमा विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने अध्यक्ष मानविर लामाले जानकारि दिनुभयाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार