कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे

उद्धार, खोज र राहत जस्ता कार्यलाई प्राथमिकतामा राखेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भूकम्प सुरक्षा दिवसको अवसर पारेर स्याङ्जाको वालिङमा ‘समुदाय खोज र उद्धार तालिम’ को समापन तथा पूर्वाभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उद्धार, खोज र राहत जस्ता कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको हो।

विपद्जन्य समस्या जुनसुकै बेला पनि आउनसक्ने भन्दै मुख्यमन्त्री पाण्डेले सबै पक्षको सहकार्यले मात्रै यसमा सफलता पाउन सकिने धारणा राख्नुभयो । प्रदेश सरकारले प्रदेशमा दश करोड र जिल्लामा दश लाख नघट्ने गरी विपद्को लागि कोष राखेको पाण्डेको भनाइ छ ।

गण्डकी पहाडी क्षेत्र धेरै भएको प्रदेश भएको भन्दै सुरक्षा निकाय तथा सबै पक्ष चनाखो हुनुपर्नेमा उहाँको जोड छ । प्रदेश सरकारले पूर्व तयारी गरिरहेको उहाँले जानकारी गराउनुभयो  । उहाँले भन्नुभयो, “प्रदेश सरकारले २० जना गोताखोरलाई तालिम दिएर तयारी अवस्थामा राखेको छ ।”

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक विकास कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीले सञ्चालन गरेको कार्यक्रममा भूकम्प, बाढी पहिरो, नदीमा बेपत्ता आदि अवस्थाको उद्धार र प्राथमिक उपचारको पूर्वाभ्यास गरिएको थियो ।

सशस्त्र प्रहरीको ३० नं. गुल्मद्वारा वालिङ नगरपालिका–९ स्थित आँधीखोलामा मङ्गलबार भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्धारको पूर्वाभ्यास गरिएकोे गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार