असोज १, २०८३ बिहिबार September 17, 2026

कोरोना संक्रमित आमाले दूध चुसाउँदा सन्तानमा संक्रमण हुँदैनः डब्लुएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरसबाट संक्रमित भएका आमाहरुले सन्तानलाई दूध चुसाउँदा संक्रमण नहुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ं ले जनाएको छ ।

डब्लुएचओले संक्रमित आमाहरुलाई बिना हिचकिचाहट सन्तानलाई दूध चुसाउन आग्रह गरेको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले आफूहरुले अध्ययन गरेको र दूध चुसाउँदा बच्चामा कोरोना भाइरसको संक्रमण सर्ने प्रमाण नभेटिएको उनले बताएका छन् ।

उनले केहीदिनअघि जेनेभामा ब्रिफिङ्गको क्रममा भनेका थिए, ‘बालबालिकाहरुमा कोरोना भाइरसको जोखिम तुलनात्मक रुपमा कम रहेको कुरा हामीलाई थाहा छ, तर अरु धेरै रोगहरुको उच्च जोखिममा उनीहरु हुन्छन् । आमाको दूधले ती सम्भावित रोगबाट जोगाउन सक्छ ।’

उनले अघि भनेका थिए, ‘अहिलेसम्म प्राप्त प्रमाणहरुका आधारमा आमाले दूध चुसाउँदा संक्रमण फैलिने देखिएको छैन ।’

आमा अति बिरामी नपरेसम्म बच्चाहरुलाई आमाबाट पर राख्न नहुने उनले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल
२०८३ असोज १, बिहिबार
शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन
२०८३ असोज १, बिहिबार
बाढी प्रभावितका लागि गुरु रिन्पोचेद्वारा एक करोड ५० लाख सहयोग
२०८३ असोज १, बिहिबार
प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
२०८३ असोज १, बिहिबार
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
२०८३ असोज १, बिहिबार
ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ
२०८३ असोज १, बिहिबार
डिजिटल नक्साङ्कनमा कामपाको फड्को
२०८३ असोज १, बिहिबार