असार २४, २०८२ मंगलबार July 8, 2025

आजदेखि दुई पाङ्ग्रे सवारी साधनमा पनि जोर-बिजोर लागू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि आजदेखि दुई पाङ्ग्रे सवारी साधनमा पनि जोर/बिजोर लागू गरेको छ । गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर/बिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएसँगै आजदेखि फेरि नयाँ नियम लागू भएको ट्राफिक प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप प्रष्ट पार्दै मोटरसाइकलमा पनि सोमबारदेखि जोर/बिजोर प्रणाली लागू हुनेगरी मातहतका निकायमा परिपत्र गरिएको जानकारी दिएका छन ।

आजदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ । मोटरसाइकल र स्कुटरमा एकजना मात्र बस्ने नियम पनि परिवर्तन नहुने भएको छ । बिहानैदेखि प्रहरीले यो नियमलाई कडाइ गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सबै प्रकारका निजी सावारीमा जोर/बिजोर प्रणाली लागू भइसकेको र त्यसको कार्यान्वयन ट्राफिक प्रहरीले थालिसकेको जानकारी दिएका छन ।

जोर/बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन्।

यसैबीच सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि उपत्यका प्रवेशका लागि अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरेको छ ।

उपत्यका प्रवेश गर्नेले उपत्यकाको स्थानीय तहको अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेर प्रवेश गर्ने र बाहिरिने व्यवस्था थप कडाइ गरेको हो ।

उपत्यकाबाट बाहिर जानका लागि अत्यावश्यक काम खुल्ने कागजात पेश गरेर पास लिनुपर्ने सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार