श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ : मन्त्री बस्नेत

आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कुनै पनि नागरिकलाई बञ्चित नगरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई मेडिकल शिक्षाको गन्तव्य मुलुकका रूपमा स्थापित गर्न सकिने बताउनुभएको भएको छ ।

आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मेन्ज्ये गाउँमा ओग्र्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठा तथा उद्घाटन कार्यक्रममा बोल्नुहुँदै बस्नेतले एक सयदेखि तीन सय शय्यासम्मको अस्पतालमा नर्स र पारामेडिक्स पढाउने तथा तीन सयभन्दा बढी शय्याका अस्पतालमा डाक्टर पढाउने गरी योजना बनाइरहेको बताउनुभयो ।

कक्षा १२ सम्मको पढाइलाई निःशुल्क गर्ने तथा आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कुनै पनि नागरिकलाई बञ्चित नगरिने उहाँको भनाइ छ । स्वास्थ्य क्षेत्रमा ३२ हजारको सङ्ख्यामा नयाँ दरबन्दी आवश्यक रहेको उल्लेख गर्नुहुँदै बस्नेतले उक्त जनशक्ति व्यवस्थापनका लागि सरकारले आन्तरिक तयारी गरिरहेको बताउनुभयो ।

सिन्धुपाल्चोकवासीलाई आफूले चुनावका क्रममा गरेको प्रतिबद्धता पूरा गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । “चुनावका बेलामा जे–जे गर्छौँ भनेका थियौँ, त्यो पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । पाँच वर्षमा बोलेको भन्दा बढी काम गर्छौँ”, मन्त्री बस्नेतले भन्नुभयो, “मेलम्चीबाट हेलम्बु जाने बाटो निर्माणलाई र हेलम्बुमा वडास्तरका चारवटा अस्पताल बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ । वडामा बन्ने अस्पताललाई अत्याधुनिक ल्याबयुक्त बनाउने र सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन हुनेछ ।” त्यसैगरी मेलम्ची अस्पताललाई १५ शय्याको अस्पताल बनाउने पनि बस्नेतको भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्चीबाट हेलम्बुसम्म जाने बाटोको कहालीलाग्दो अवस्थामा रहेको उल्लेख गर्नुहुँदै उक्त सडकखण्ड निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक समन्वय र सहयोग हुन नसकेको बताउनुभयो । सडकको दूरावस्थाका कारण यहाँको उत्पादन बजारसम्म पुर्याउन कठिन भइरहेको उहाँको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले सिन्धुपाल्चोकका जनतासँग चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न सुरुआत गरिसकेको र त्यसले विस्तारै नतिजा देखाउने बताउनुभयो । प्रदेश सरकारले स्थानीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

ओर्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा २०६७ सालबाट निर्माण थालिएको थियो । स्थानीयको श्रमदान र विभिन्न व्यक्ति तथा संस्थाबाट भएको सहयोगबाट निर्मित उक्त गुम्बाको आज उद्घाटन भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार