श्रावण ५, २०८२ सोमबार July 21, 2025

गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालन हुने

मेडिकल अधिकृतसहित हेल्थ असिस्टेन र स्टाफ नर्सले निःशुल्क सेवा प्रवाह गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुल्मीको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि सेवा उपलब्ध हुनेछ ।

बालबालिका र किशोर किशोरीका लागि लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । यस सेवाबाट स्थानीय तहमा पनि नसर्ने रोग सम्बन्धि अन्तरक्रिया भइरहेको छ ।

अस्पतालमा पुग्ने बिरामीहरुले नसर्ने रोगको बारेमा जानकारी नहुँदा धेरै अन्योलमा पर्ने र यो सेवाले बिरामीहरुलाई सहयोग पुग्ने कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिनुभयो । यहाँ आउने दीर्घरोगी नसर्ने रोगका बिरामीहरुलाई छुट्टै पेनप्लस क्लिनिक स्थापना गरि थप सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

यस क्लिनिकबाट मेडिकल अधिकृतसहित हेल्थ असिस्टेन र स्टाफ नर्सले निःशुल्क सेवा प्रवाह गर्ने बताइएको छ । यहाँ अति गरीब र विपन्न नागरिकहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य बीमा गरिने साथै बीमा रकम बाहेक अन्य ठुला रोगका बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई निःशुल्क रूपमा सबै खर्च व्यहोरेर उपचार गर्ने व्यवस्था छ ।

केही समयपछि जिल्लाका सबै पालिकासँग समन्वय गरेर जिल्लाभर सेवा विस्तार गरिने बताइएको छ । पालिकामा पहिलो चरण अन्तर्गत सामुदायिक स्तरको कार्यक्रमका लागि स्वास्थ्यकर्मीको हकमा पेनप्लस सम्बन्धि आधाभूत तालिम र स्वास्थ्य स्वयंसेवीकालाई नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने बताइएको छ ।

नेपाल सरकारसँगको समन्वयमा सञ्चालित पाईलेटिङ्ग प्रोजेक्ट अन्र्तगत नेपालको चारवटा प्रदेश अन्तर्गत चार जिल्लामा नसर्ने रोगको पेनप्लस प्रोजेक्ट अन्तर्गत क्लिनिक सञ्चालन हुने भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया