श्रावण ५, २०८२ सोमबार July 21, 2025

मुगुमा भाइरल ज्वरोको प्रकोप : तीनजनाको मृत्यु, सयौँ बिरामी

सोरु गाउँपालिकाका सबै वडाहरुमा अधिकांश भाइरल ज्वरोबाट प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुगु, ११ माघ । मुगुको सोरु गाउँपालिका वडा नं ६ पुरुमुरुका सल ढोलीकी २४ वर्षीया बुहारी कुसुम ढोलीको भाइरल ज्वरोका कारण मृत्यु भयो । रुघाखोकी,  भाइरल ज्वरोका कारण अहिले ससुरा सल ढोली पनि ओछ्यानमै छन् । उनलाई आङ, जिउ दुख्ने , हातगोडा दुख्ने समस्याले ग्रसित छन् । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा करिब एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा बिरामी परेका छन् । भाइरल ज्वरोबाट बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित बनेका छन् ।

सोरु गाउँपालिकामा अहिले भाइलको प्रकोप देखिएको छ । सोरु गाउँपालिकाका सबै वडाहरुमा अधिकांश भाइरल ज्वरोबाट प्रभावित मात्र बनेका छन् । ३ जनाले ज्यान गुमाइसकेका छन् । ज्वरोको प्रकोप बढ्दै जाँदा समेत बिरामीहरुले उचित प्रकारको औषधि पाउन सकेका छैनन् । गाउँपालिकामा भाइरल ज्वरो बढ्दै जाँदा सोरु गाउँपालिकामा औषधि अभाव रहेको बताइएको छ ।

भाइरल ज्वरोकै कारण सोरु गाउँपालिका वडा नम्बर १ पुरुमुरुका ७० बर्षीया कृति छत्याल र ७० वर्षभन्दा माथिका हरिबहादुर शाही र २४ बर्षीया कुसुम ढोलीको मृत्यू भएको छ । ज्वरोले सबै भन्दा बढी पुरुमुरु गाउँ प्रभावित बनेको छ । बिरामीहरु नजिकैको सोरुका स्वास्थ्य चौकिहरुमा आधारभूत उपचार गराई रहेको सोरु गाउपालिका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

यता जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय मुगुका डाक्टर कमल ढुंगानाका अनुसार भाईरल ज्वरोको समस्या सामान्य रहेको बताएका छन् । यो समस्या जानकारी पाउना साथ अस्पतालको टोली संक्रमण स्थलमा पुगेको थियो । सोरुका पुरुमुरु र जिमा गरि दुई गाउँमा चेकजाँच गर्दा १ सय ५० जना लाई प्रकोप फैलिएको बताए ।

पछिल्लो समय सोरुका मात्र नभई छायाँनाथ रारा नगरपालिकामा पनि यस्तो समस्या देखिएको छ । चेकजाँच गर्दा गाउँमा उपचार नभएपछि दुईजनालाई जिल्ला अस्पताल मुगुमा रिफर गरिएको छ । विशेष गरेर सुख्खा खडेरी, हिमपात नभएका कारण भाइरल प्रकोप बढाएको उनको भनाई छ । यद्धपि थप स्वास्थ्यकर्मी परिचालन गरिने बताए ।

अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ ।
कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया