भाद्र ८, २०८३ सोमबार August 24, 2026

सामाजिक सुरक्षा कार्यक्रम सरकारको दायित्व : सभामुख घिमिरे

सामाजिक सुरक्षा कोषमा रहेको रकम उपयोगमा आउनु पर्ने र यसका लागि आफूले भूमिका निर्वाह गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मकवानपुरको भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराइएको छ । भीमफेदी गाउँपालिकामा आज शनिबार आयोजित एक कार्यक्रमबिच अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजना शुभारम्भ गरिएको हो ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभयो । कार्यक्रममा सभामुख घिमिरेले शारीरिक श्रमको सम्मान आवश्यक भएको बताउनुभयो । पछाडि परेकालाई सहयोग गर्ने परम्परा आदिमकालदेखि चल्दैआएको भन्दै उहाँले सामाजिक सुरक्षा कोषमा रहेको रकम उपयोगमा आउनु पर्ने र यसका लागि आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो । सभामुख घिमिरेले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नु रोजगारदातासँगै तीन तहको सरकारको दायित्व भएको बताउनुभयो ।

भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा ९८ जना कार्यक्रममा आवद्ध भएका छन् । यसअघि गत असारमा भीमफेदी गाउँपालिका कार्यालय र सामाजिक सुरक्षा कोषबिच भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सम्झौता भएको थियो ।

सामाजिक सुरक्षा योजना शुभारम्भसँगै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयन सुरुभएको छ । चालु आर्थिक वर्ष २०८०–८१ म पालिकाभित्रका सयजना अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई यस कार्यक्रममा समाबेश गर्ने योजना रहेको छ ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम अर्थात हाल एक हजार ९१२ रुपियाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ ।

कोषमा योगदानपछि कोषबाट सञ्चालित विभिन्न योजनामा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति सहभागी हुन पाउने छन् ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद महेश बर्तौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, पत्रकार महासङघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीलगायतले बोल्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार