श्रावण ५, २०८२ सोमबार July 21, 2025

कोरोनाविरुद्धको खोप अभियान पुनः सुरु

पहिलो चरणका लागि जिल्लामा ३० हजार डोज खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्लाको कृष्णनगर नाकाबाट खोप लगाउने अभियान थालिएको हो ।

१८ बर्ष माथिकालाई खोप लगाइने बताइएको छ । कोरनाबिरुद्धको फाईजर कम्पनीको खोप लगाउन सुरु गरिएको छ । माघ २५ देखि फागनु ३ गतेसम्म बिशेष खोप अभियान चलाइने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय खोप अधिकृत दिवाकर महर्जनका अनुसार पहिलो चरणमा रोजागरीका लागि भारत गएका नेपाली नाकाबाट फर्किंदा त्यस्ता ब्यक्तिलाई कृष्णनगर नाकामै खोप लगाउने प्रबन्ध मिलाइएको बताउनुभयो । कृष्णनगर नाकामा स्थापना भएको हेल्प डेस्कमै खोप लगाउनेगरी स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अभियानको शुभारम्भ गर्दै कोरोनाविरुद्ध आफै सचेत हुनुपर्ने बताउनुभयो । बिगतमा कोरानाले कपिलवस्तसहित देशमा धेरै जनाको ज्यान गएकाले बेलैमा होसियारी अपनाउनु पर्ने उहाँले बताउनुभयो । मास्क लगाइ आफुलाई सुरक्षित राख्नु पर्ने र खोप समेत लगाउनु पर्ने उहाँको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालका प्रमुख नारायणप्रसाद चौधरीका अनुसार पहिलो चरणका लागि जिल्लामा ३० हजार डोज खोप आएको छ । पहिले खोप लगाएकाहरुले बुस्टर र नयाँलाई समेत खोप लगाउने ब्यवस्था गरिएको उहाँले बताउनुभयो । कोरोनाबिरुद्ध खोप लगाइ सुरक्षित हुन उहाँले आग्रह समेत गर्नुभयो । यो खोप पूर्णतया सुरक्षित रहेको र १८ बर्ष माथिका सबैले लगाउनुपर्ने बताउनुभयो ।

पहिलो दिन १७ जनालाई खोप लगाइएको छ । पहिलो चरणमा भारतसँग सीमा जोडिएका कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, यशोधरा, मायादेबी र शुद्धोधन गाउँपालिकामा खोप लगाउने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया