भाद्र ८, २०८३ सोमबार August 24, 2026

मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण : उपाध्यक्ष अर्याल

दुई देशका पार्टीहरूबिच राजनीतिक संवाद, परामर्श र छलफल गर्न विभिन्न मञ्च बनाउँदा आपसी सम्बन्धमा सकारात्मक प्रभाव पर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज काठमाडौँमा आयोजित संयुक्त परामर्श सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सन् २०२६ सम्म नेपाललाई विकासशील देशका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको र त्यसका लागि छिमेकी देश चीनको सहयोग जरुरी रहेको बताउनुभयो ।

नेपाल चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ भएको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको नियमित छलफल, अन्तरक्रिया र आपसी सम्बन्धले दुई देशको सम्बन्ध र सहकार्यमा थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएको १३ बुँदे सहमतिले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको चर्चा गर्दै उहाँले सहमति कार्यान्वयनका लागि दुवै देशले आवश्यक प्रक्रिया तदारुकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

दुई देशका पार्टीहरूबिच राजनीतिक संवाद, परामर्श र छलफल गर्न विभिन्न मञ्च बनाउँदा आपसी सम्बन्धमा सकारात्मक प्रभाव पर्नेमा जोड दिँदै उपाध्यक्ष अर्यालले त्यसका लागि नियमित उच्चस्तरीय भ्रमण, छलफलले सफलता मिल्ने बताउनुभयो ।

केही महिनाअघि आफूले चीनको स्वायत्त क्षेत्र सिजाङमा आयोजित ट्रान्स हिमालय फोरममा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेको स्मरण गर्दै उहाँले नेपालको आर्थिक समृद्धि र विकासका लागि चीनको सहयोग अपरिहार्य रहेको दोहोर्‍याउनुभयो । भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रमा आधुनिकीकरण, नेपालको उत्पादन निर्यातजस्ता विषयमा छिमेकीको सहयोग अत्यावश्यक हुने उहाँको भनाइ थियो ।

सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान, नेपालस्थित चिनियाँ राजदूत छन सोङ लगायतले नेपाल–चीन सम्बन्धका विविध आयामबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेल, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल लगायतको सहभागिता थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार