श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत अहेव करणी गरेको आरोपमा पक्राउ

१३ वर्षीय बालिकालाई करणी गरेको अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जवरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन् ।

मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी गएकोबेला मगरले हजुरमाको स्वास्थ्य अवस्थाकाबारेमा सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पिडित बराहपोखरी (क १) को दावी छ । घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । स्वास्थ्यचौकीबाट घर फर्काए लगत्तै हजुरमाको मृत्यु भएको र काजकिरियाको काममा लाग्दा उजुरी दिन ढिलाइ भएको पिडितको भनाई छ । माघ ११ गते हजुरमाको काजकिरिया सकेपछि मात्रै पिडित प्रहरीचौकी धर्तुङ पुगेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया