श्रावण ५, २०८२ सोमबार July 21, 2025

गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपिडी सेवा

गत बर्षको कात्तिकबाट हाडजोर्नी र हालै मात्रै डायलासिसको सेवा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुल्मी अस्पतालमा बिहान नौ बजेबाटै ओपिडी सेवा सुरु भएको छ । अस्पतालमा आउने बिरामीको चाँप र दिउँसो गाउँमा छुट्ने सवारीलाई मध्यनजर गर्दै कार्यालय समयभन्दा १ घण्टा अगाडी नै ओपिडी सेवा सुरु भएको हो ।

माघ पहिलो हप्ताबाट सुरु भएको यो सेवालाई बिरामीको चापको अवस्था हेरीकन अझ थपघट गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए । सामान्य अवस्थामा अस्पतालमा बिहान १० बजेबाट मात्रै ओपिडी सेवा सुरु गरिन्छ ।

गुल्मी अस्पतालमा गत बर्षको कात्तिकबाट हाडजोर्नी र हालै मात्रै डायलासिसको सेवा सुरु भएको छ । जसले गर्दा अस्पतालमा बिरामीको चाप बढी रहेको छ । अस्पतालमा आर्थिक बर्ष २०७८–७९ मा ५७ हजार २६८ र आ.व. ०७९–८० मा ६७ हजार ९७९ जनाले ओपिडीमा सेवा लिएका छन् ।

त्यसैगरी चालु आर्थिक बर्षको साउनदेखि पौष मसान्तसम्म छ महिनाको अवधिमा ३४ हजार ९०१ ज्नाले ओपिडीमा सेवा लिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया