असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत

अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने बिषय टुंगो लगाउन सरकारलाई आग्रह गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १९ माघ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको  सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन माहिनाको  सम्भावित कार्यतालिका स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुने अपेक्षासहित कार्यतालिका बनाएको छ ।

संसदको आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने बिषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार