श्रावण ५, २०८२ सोमबार July 21, 2025

चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन

वडा तहबाट बालविवाह अन्त्य गर्न चुनौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ ।यस्ता सेवामा स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण  छन् । विशेष गरी नगरपालिका तथा वडा कार्यालयको पहुँच कम भएका सेवाग्राहीलाई लक्षित गरेर नगरपालिकाले चन्द्रागिरि-१  दहचोकस्थित इन्द्रज्योति आधारभूत विद्यालय परिसरमा पहिलोपटक शिविरको आयोजना गरेको हो ।

नगरपालिकाले आफ्ना अन्य १५ वडामा यस्ता शिविर आयोजना गर्ने जनाएको छ । नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि-१ दहचोककी कान्छी तामाङलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी एकीकृत घुम्ती शिविरको शुभारम्भ गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्ना सेवालाई अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो । उहाँले नगरको भौतिक पूर्वाधार विकासमा साथसाथै सामाजिक विकासमा प्राथमिकताका साथ विभिन्न काम गरिरहेको बताउनुभयो ।

उपप्रमुख वसन्ती श्रेष्ठले सेवाग्राहीलाई नगरपालिकाद्वारा प्रदान गरिने सेवा लिन नगरपालिका तथा वडा कार्यालयसम्म आइपुग्न नपर्ने अवस्थालाई क्रमशः घटाउँदै लाने ध्येयले एकीकृत घुम्ती शिविर कार्यक्रम राखिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो, “एकीकृत घुम्ती शिविरले नगरवासीलाई घरदैलोमा नै सेवा प्राप्त गर्न सहजता हुन्छ । नगरपालिकाबाट प्रदान गरिने सबै सेवा शिविरमा लिन नसकेता पनि स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण सेवा लिन सकिन्छ । यसले समुदायमा स्थानीय सरकारकोप्रतिको अपनत्व झन बढेर जान्छ । ”

उहाँले नगरपालिकाले आफ्नो सेवालाई अझ चुस्त बनाउन उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । चन्द्रागिरि-१ का वडाध्यक्ष हरिश्याम थापामगरले वडा तहबाट बालविवाह अन्त्य गर्न चुनौती रहेको बताउनुभयो । एकीकृत घुम्ती शिविर कार्यक्रम संयोजक एवम् योजना अधिकृत महेशप्रसाद पाठकले  एकीकृत घुम्ती शिविरमा नगरवासीले आधारभूत सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार