श्रावण ३, २०८२ शनिबार July 19, 2025

फिदिम बजारका आठ सार्वजनिक स्थलमा ‘फ्रि वाइफाइ’

सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारण सँगै पर्यटक र विद्यार्थी लाभान्वित हुने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाँचथरको फिदिम नगरपालिकाले सदरमुकामका आठ वटा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट चलाउन ‘फ्रि वाइफाइ’ सेवा सुरुवात गरेको छ।

यो सेवाको शुक्रबार नगर प्रमुख मित्रप्रसाद काफ्लेले औपचारिक सुरुवात गर्नुभयो। तत्कालका लागि जिल्ला समन्वय समिति अगाडिको बिपी पार्कसँगै सुम्हात्लुङ मन्दिर, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्रचौक, फिदिम माविको खेलमैदान, लोकतन्त्रचौक, आहारगैरी र शिवालय क्षेत्रमा आम नागरिकका लागि निःशुल्क वाइफाइ सेवा सुरुवात गरिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

ती स्थानलाई फिदिम नगरपालिकाले यस क्षेत्रलाई ‘फ्रि वाइफाइ जोन’ का रुपमा परिभाषित गरेको छ। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख काफ्लेले  नगरपालिका क्षेत्रका ग्रामीण बजारसम्म ‘फ्रि वाइफाइ’ सेवा विस्तार गर्न नगरपालिकाले सोच बनाएको बताउनुभयो।

निःशुल्क इन्टरनेट चलाउने सुविधाले ग्रामीण क्षेत्रबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारण सँगै पर्यटक र विद्यार्थी लाभान्वित हुने नगरपालिकाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार