मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

भोजपुर अस्पतालमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवन (आवास भवन) निर्माण सम्पन्न भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेक दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो ।

आठ परिवार बस्ने गरी निर्माण भएको क्वाटर भवन (आवास भवन) सघन शहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताल भोजपुरलाई शुक्रबार हस्तान्तरण गरेको छ । भवन व्राईट वुल÷युडि जेभीले निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको काम २०७८ भदौबाट शुरु भएको थियो ।

एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि कोभिडलगायत विभिन्न कारणले नौ महिना म्याद थप गरिएको आयोजनाले जनाएको छ ।

तोकिएको मापदण्ड अनुसार गुणस्तरिय तवरबाट भवन निर्माण गरेको युडि विल्डर्स निर्माण कम्पनीका प्रमुख उत्तम खड्काले बताए । तोकिएको समय अघि नै सक्ने लक्ष्यका साथ काम गरेको भएपनि कोभिडका कारण नौ महिना म्याद थप्नु परेको उनको भनाइ छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका का.मु आयोजना प्रमुख सुमन कुमार मिश्रले जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष कमल थुलुङलाई भवन हस्तान्तरण गरेका हुन् ।

नर्सिङ क्वाटर भवन निर्माणले सेवा प्रवाहमा सहजता भएको जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजालले बताए । आवास भवन नहँुदा समस्या रहेको अवस्थामा भवन निर्माणले हौसला थपेको उनको भनाइ छ ।

‘नर्सिङ क्वाटर नहँुदा सेवा प्रवाहमा धेरै कठिनाइ थियो” प्रमुख रिजालले भने,‘क्वाटर नहुँदा बाहिर बस्नु पर्ने भएकाले रातको समयमा धेरै समस्या थियो । अव भने विरामीलाई सेवा प्रवाह गर्न थप सहजता भएको छ ।’

भवन निर्माणले अस्पतालको सेवा प्रवाहमा सहजता थपेको बताउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भावी दिनमा यसको व्यावस्थापनको लागि अस्पताल प्रशासनले ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सभापति तथा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष कमल थुलुङले अस्पतालले दिने सेवालाई अझ सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताए । भवन निर्माण सेवा प्रवाहमा थप सहजता भएको उहाँको भनाइ छ ।

भवनको भुईतला र पहिलो तलामा आठ परिवारको लागि एक-एक ओटा लिभिङ रुम, बेड रुम, भान्सा कोठा, र शौचालय रहेको जनाइएको छ । त्यस्तै दोश्रो तलामा भण्डारण कक्ष र एक वटा पाहुना कोठा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार