असार २९, २०८२ आइतबार July 13, 2025

रष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने कार्यसूची तय

अब दलको हैसियतबमोजिम कार्यव्यवस्था तथा परामर्श समितिमा सदस्य पनि थपघट हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ ।

राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुनका लागि तयार गरेको सम्भावित कार्यसूचीबमोजिम अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तय गरेको छ ।

सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पदावधि सकिएलगत्तै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन् ।

अब दलको हैसियतबमोजिम कार्यव्यवस्था तथा परामर्श समितिमा सदस्य पनि थपघट हुने छन् । एकतिहाइ सदस्य निर्वाचित भएर आएपछि नेकपा (माओवादी केन्द्र) सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ ।

हाल तेस्रो स्थानमा रहेको कांग्रेसले दोस्रो ठूलो दलको हैसियत पाएको छ । सबैभन्दा बढी सदस्य रहेको नेकपा (एमाले) भने १० सदस्यसहित तेस्रो स्थानमा खुम्चिएको छ । सचिवालयले प्रकाशित गरेको कार्यसूचीबमोजिम फागुन २७ गते रष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गरिने छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार