श्रावण ५, २०८२ सोमबार July 21, 2025

घुम्ती शिविरमा १ सय बढी गर्भवतीले लिए सेवा

घरघरमा गर्भवती जाँच, ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दैलेखको भगवतीमाई गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट एक सय भन्दा बढी गर्भवतीले सेवा लिएका छन् । दैलेखको भगवतीमाई गाउँपालिकाले सञ्चालन गरेको गर्भवती महिलाहरूका लागि ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरबाट एक सय भन्दा बढी गर्भवतीले सेवा लिएका हुन् ।

गाउँपालिकाले यही माघ १६ गतेदेखी २३ गतेसम्म गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीहरूमा सञ्चालन गरेको घुम्ती शिविरमा १ सय ४ जना गर्भवतीले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाराम विष्टले जानकारी दिनुभयो । घुम्ती शिविरमा उपचार सम्भव नभएका १ सय ४ जना गर्भवती मध्ये ४ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेखमा रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख विष्टले बताउनुभयो ।

ग्रामीण भेगका गर्भवती महिलालाई सहज सेवा पुर्‍याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले पूर्वाधार विकास लगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कामलाई अघि बढाउँदै गएको उपाध्यक्ष मिना कुमारी खड्काले बताउनुभयो । उहाँले घरघरमा गर्भवती जाँच, ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण लगाएका कामहरू निरन्तर सञ्चालन गरिरहेको बताउनुभयो ।

गाउँपालिकामा १० शय्याको अस्पताल सञ्चालनमा रहेको जानकारी दिँदै पालिकामा रहेका ७ वटै वडामा वर्थिङ सेन्टर समेत सञ्चालनमा रहेको बताउनुभयो । १० शय्याको अस्पतालबाट एक्स–रे, भिडियो एक्स–रे, लगायतका सेवाहरू नियमित सञ्चालन भइरहेको उपाध्यक्ष खड्काले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार