श्रावण ५, २०८२ सोमबार July 21, 2025

पर्वत अस्पतालमा उपचार सेवा प्रभावित, छेउछाउका घरबाट मागेरै काम चलाइँदै

आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पानीको अभावले पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।

नियमित स्रोतबाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको हो । अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भए पनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ ।

आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो । अध्यक्ष गिरीका अनुसार अस्पतालमा हेमोडायलाइसिस सेवा शुरु भएपछि खानेपानीको सङ्कट गहिरिँदै गएको हो । दैनिकजसो सात वटा शय्यामा मिर्गाैलाका बिरामीको हेमोडायलायसिस हुँदै आएको छ । हेमोडायलायसिस गर्न मात्र झन्डै १० हजार लिटर पानी दैनिक खर्च गर्नुपर्ने भएपछि पानीको अभावले समस्या सिर्जना हुँदै आएको छ ।

डायलायसिससँगै अन्तरङ्ग, बहिरङ्ग, दन्त उपचार सेवा, एक्स–रे, सुत्केरी सेवा, शल्यक्रिया विभाग, बालबालिका विभागमा भर्ना भएका बिरामीको सरसफाइ तथा कार्यालय सहयोगी, स्वास्थ्यकर्मी र कर्मचारीको आवासलगायतका ठाउँमा दैनिक उपभोगका लागि पानीको अभाव देखिएको छ । पानी अभाव हुँदा छेउछाउका घरबाट मागेर समेत काम चलाउनुपर्ने बाध्यता रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीको किनारमा रहेको गोपाङ्गघाटको मूलबाट ‘लिफ्टिङ’ गरेर पानी ल्याउने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ । यसका लागि गण्डकी प्रदेशको सामाजिक सुरक्षा तथा स्वास्थ्य मन्त्रालयबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । १५ शय्याकाे अस्पतालबाट ५० शय्यामा स्तरोन्नति भइरहेको अस्पतालमा अहिले ६३ वटा शय्यामा राखेर बिरामीको उपचार भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार