असार २०, २०८२ शुक्रबार July 4, 2025

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार सुरु

सार्वजनिक रूपमा बिहीबार, शुक्रबार र शनिबार तीनदिने सांस्कृतिक गतिविधिसहित मनाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार (नयाँ वर्ष) २८६० सुरु भएको छ । हरेक वर्ष सोनाम ल्होसार मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङ समुदायले घर, गुम्बा र सार्वजनिक स्थानमा विभिन्न पूजा–प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमसहित मनाउँछन् ।

राष्ट्रिय सोनाम ल्होसार २८६० डुक (मुपुख्री) ल्होसार मूल समारोह समितिले सार्वजनिक रूपमा बिहीबार, शुक्रबार र शनिबार तीनदिने सांस्कृतिक गतिविधिसहित मनाउने निर्णय गरेको छ । सोही अनुसार बिहीबार समुदायका गुरु, मान्यजन लामा, बोम्बो, ताम्बाले विधिपूर्वक पूजा–प्रार्थनापछि सुरु भएको हो ।

ल्होसार मूल समारोह समिति संयोजक कुमार सिं घिसिङले यस सांस्कृतिक पर्वलाई व्यवस्थित रूपमा मनाउन आर्थिक व्यवस्थापन, प्रचारप्रसार, मञ्च सजावट, स्वास्थ्य सेवा, सांस्कृतिक र्‍याली व्यवस्थापन, खेलकुद तथा युवा परिचालन समिति गठन गरिएको जानकारी दिनुभयो ।

सोनाम ल्होसार पर्वका अवसरमा आयोजित तीनदिने कार्यक्रम अन्तर्गत तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा तथा म्हेन्दोमाया) भाकाको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार