श्रावण ५, २०८२ सोमबार July 21, 2025

खोरेत र लम्पि स्किन बिरुद्ध बर्दियामा खोप अभियान सुरु

३३ जना खोपकर्ताहरू आवश्यक सामान सहित आठ वटै पालिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाले जिल्लामा ३३ जना खोप कर्ता खटाएको छ । पशुहरूमा देखिने रोग विरुद्धको खोप लगाउने उद्देश्यले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले आठ वटै पालिकामा खोपकर्ता खटाएको हो । खोपकर्ताहरू आवश्यक सामान र एक दिने तालिम दिई फिल्डमा खटाएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाका प्रमुख सागर ढकालले जानकारी दिनुभयो।

‘पशुपन्छी खोप कार्यक्रमको लागि ३३ जना खोप कर्ताहरूको नियुक्ति गरिएको छ भने खोप कर्ताहरूको कार्य अवधि माघ २६ गते देखि असार मसान्तसम्म रहने छन्’, उहाँले जानकारी दिनुभयो । जेटिए, ग्रामिण पशु सेवा तालिम लिएका प्राविधिकहरूलाई नियुक्ति गरेको साथै आवश्यक सामाग्रीहरू कुल बक्स, निडल सिरिन्ज, गम्बुट, एप्रोन, ग्लोब र झोला उपलब्ध गराएको बताउनु भयो ।

चालु आर्थिक वर्षमा खोरेत रोग विरुद्ध ४५ हजार र लम्पि स्किन रोग विरुद्ध १६ हजार खोप लगाउने लक्ष्य रहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया