भाद्र ९, २०८३ मंगलबार August 25, 2026

रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त नेपाल रेडक्रस सोसाइटीलाई राजनीतिबाट टाढै राख्नुपर्ने सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारण सभालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त नेपाल रेडक्रस सोसाइटीलाई राजनीतिबाट टाढै राख्नुपर्ने सुझाव दिँदै अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले पनि यस्ता संस्थालाई स्वतन्त्र रूपमा मानवीय सेवामा लाग्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो ।

रेडक्रस सोसाइटीमा लाग्ने हरेक सदस्यले पवित्र मनले मानवीय सेवा गर्दै विपद् र दुःखमा परेका व्यक्तिको घाउमा मल्हम लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार सेवाको नवनिर्मित भवनको उद्घाटन समेत गर्नुभएको थियो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विपद्मा परेका र रगत अभावमा छटपटाइरहेका परिवारलाई सेवा पुर्‍याउँदै आएको रेडक्रसको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । रगतको अभाव र प्राकृतिक विपद्मा परेका परिवारलाई सहज र सरल रूपमा सेवा पुर्‍याउन उक्त संस्थाले आफ्नो सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसकर्मीले असल र पवित्र भावनालाई उजागर गर्दै दुःखमा परेको परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । विश्वमा एक सय ९१ मुलुकमा सेवा गर्दै आएको यस संस्थाका हरेक सदस्यले आफ्नो जिम्मेवारीलाई पूरा गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक गन्ध आउन नहुने भनाइ उहाँको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बन्दुकुमार थापा लगायतले रेडक्रसको भूमिकाको चर्चा गर्नुभएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार