भाद्र ९, २०८३ मंगलबार August 25, 2026

सर्वसाधारणले विना भेदभाव बाँच्न पाउनुपर्नेमा राष्ट्रिय सभा अध्यक्षको जोड

संवैधानिक अयोगहरूलाई प्रतिस्पर्धा हुने गरी कार्य सम्पादन गर्न सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समतामुलक र समावेशी समाज नै संघीय लोकतान्त्रिक गणतन्त्रको विशेषता भएकाले सर्वसाधारण नागरिकले विना भेदभाव बाँच्न पाउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय समावेशी आयोगले स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमल्सिनाले विभिन्न जातजाति, भाषाभाषीभित्र पनि वर्गीय समानता हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

संवैधानिक आयोगहरूले राष्ट्रिय सभामा पेस गर्ने वार्षिक प्रतिवेदनबारे छलफल गर्ने गरी नयाँ कानूनी व्यवस्था गरेको बताउनुहुँदै अध्यक्ष तिमल्सिनाले संवैधानिक अयोगहरूलाई प्रतिस्पर्धा हुने गरी कार्य सम्पादन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल्सिनाले राज्यले अब वर्गीय समावेशीकरण खोजेकाले सामाजिक न्यायका लागि एक जुट भएर नीति निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

आयोगका सदस्य विष्णुमाया ओझाले आयोगले गर्ने विभिन्न ११ वटा क्षेत्रमा अध्ययन अनुसन्धान गरी सरकारलाई सिफारिस गरेको भए पनि कार्यान्वयनमा बेवास्ता गरिएको बताउनुभयो ।

यस अवसरमा नेपालमा समावेशीकरण संक्षिप्त जानकारी विषयक पुस्तकको पनि लोकार्पण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार