श्रावण ५, २०८२ सोमबार July 21, 2025

निःशुल्क आँखा शिविरमा १ हजार ५१ जनाले सेवा लिए

सेवा लिएका मध्ये १२२ जनामा मोतियाबिन्दु फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा १ हजार ५१ जनाले सेवा लिएका छन् ।

गत महिना मेलम्ची, पांचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका ७ स्थानमा आँखा जाँच शिविर आयोजना गरिएको थियो ।

मेलम्ची नगरपालिका–४ पिप्लेमा भएको शिविरमा १९० जना, मेलम्ची–७ मा १५०, मेलम्ची–११ मा १६६ जना, इन्द्रावती–१२ भिमटारका ११६, हेलम्बु गाउँपालिका–२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका १८४ र तिपेनीका १७२ गरी १ हजार ५१ जनाले सेवा लिएका थिए ।

आँखा जाँच शिविरमा सेवा लिएका मध्ये १२२ जनामा मोतियाबिन्दु फेला परेका र अन्य थप अन्य गरी १३९ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिका सँगको समन्वयमा मोतियाबिन्दु शिविर अन्य सम्बन्धित पालिकाहरूको समन्वयमा आँखा जाँच शिविर सञ्चालन गरिएको भट्टले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया