भाद्र ९, २०८३ मंगलबार August 25, 2026

तीन मन्त्रीको राजीनामा माग्दै एमाले, रास्वपा र राप्रपाका सांसदद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध पारेका छन् ।

आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै शुरुमा एमालेले बेठक अवरुद्ध गरेका हुन् ।

यसअघि बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्व सरकारका मन्त्रीहरु मुछिएको भन्दै उनले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको राजिनामा माग गरे ।

रास्वपाका सांसद वीराजभक्त श्रेष्ठले २ जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।

रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले प्रतिवेदन बुझाएको यत्रो दिन हुँदा पनि प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरिसकेको छैन भन्ने जवाफ दिएको भन्दै आपत्ति जनाए। उनले यतिका दिनसम्म पढेर नसक्ने प्रतिवेदन कस्तो छ ? भन्दै प्रश्न गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार