काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध पारेका छन् ।
आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै शुरुमा एमालेले बेठक अवरुद्ध गरेका हुन् ।
यसअघि बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्व सरकारका मन्त्रीहरु मुछिएको भन्दै उनले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको राजिनामा माग गरे ।
रास्वपाका सांसद वीराजभक्त श्रेष्ठले २ जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।
रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले प्रतिवेदन बुझाएको यत्रो दिन हुँदा पनि प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरिसकेको छैन भन्ने जवाफ दिएको भन्दै आपत्ति जनाए। उनले यतिका दिनसम्म पढेर नसक्ने प्रतिवेदन कस्तो छ ? भन्दै प्रश्न गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया