श्रावण ५, २०८२ सोमबार July 21, 2025

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ।

प्रतिष्ठानले ३० शय्याको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए।

प्रतिष्ठानका डाक्टर, कर्मचारी, नर्स, स्वास्थ्यकर्मीहरुको सामूहिक पहलमा प्रतिष्ठानको सेवा विस्तार भइरहेको भन्दै अस्पताल सेवालाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी विभिन्न कामहरु अघि बढाइरहेको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया