श्रावण ५, २०८२ सोमबार July 21, 2025

श्रीलङ्कामा २ महिनामा १५ हजारभन्दा बढी डेंगीका बिरामी संक्रमित

उत्तरी प्रान्तमा ३ हजार ६६७ जनामा सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलङ्कामा सन् २०२४ मा अहिलेसम्म १५ हजारभन्दा बढी डेंगीका बिरामीहरू भेटिएका छन् । डेङ्गी सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जनाएको छ।

एकाइद्वारा गरिएको पछिल्लो अपडेट अनुसार जनवरीमा १० हजार ४१७ जनामा सङ्क्रमण पाइएको छ भने फेब्रुअरीमा ४ हजार ९९६ जनामा सङ्क्रमण देखिएको छ ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ५ हजार २७५ जनामा सङ्क्रमण देखिएको छ भने उत्तरी प्रान्तमा ३ हजार ६६७ जनामा सङ्क्रमण देखिएको छ ।

गत वर्ष ८८ हजार जना डेंगीका बिरामी फेला परेका थिए जसमा ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया