असार २९, २०८२ आइतबार July 13, 2025

उपचार र प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मर्ने कम :प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताएका छन । तर उनीहरु मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ ।

अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने डब्लुचओको मापदण्डकाका कारण मृत्यु मान्नु परेको बताएका छन । उनले अघि भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’

२० जनाको मृत्यु पनि अरु धेरै देशको भन्दा कम भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया