श्रावण ४, २०८२ आइतबार July 20, 2025

भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव

भ्याक्सिन अभाव रहेकाले बिरामीलाई उपलब्ध गराउन नसक्ने अस्पतालको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । पश्चिमको रेफल सेन्टरको रुपमा रहेको भेरीमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको अस्पतालले जनाएको छ ।

भेरीले सूचना जारी गर्दै अस्पतालमा भ्याक्सिन अभाव रहेकाले बिरामीलाई उपलब्ध गराउन नसक्ने भनेको छ । प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा मौज्दात शुन्य भएकाले भेरीमा अभाव भएको अस्पतालको भनाई छ ।

अस्पतालका सूचना अधिकारी डा. संकेल कुमार रिसालले भ्याक्सिन मन्त्रालयले पठाउने गरेको बताउनुभयो । उहाँले मन्त्रालयसँग माग गर्ने प्रक्रिया नियमित भएको हुँदा आउने बित्तिकै अस्पतालले सेवा दिने बताउनुभयो ।

उहाँका अनुसार यो भ्याक्सिनको आवश्यकता हुने करिब दैनिक ६ देखि १० जनासम्म बिरामी अस्पतालमा हुन्छन् । रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै दिने गरिएपनि भ्याक्सिन अभावपछि उपचारका लागि भेरी पुग्ने बिरामीले सास्ती खेप्नु परेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार