असार २३, २०८२ सोमबार July 7, 2025

राममणि क्याम्पसको ताला खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अनावश्यक राजनीतिका कारण रुपन्देहीको राममणि बहुमुखी क्याम्पसको व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चालक समितिका सदस्यको राजीनामा र विद्यार्थी संगठनको तालाबन्दीपछि क्याम्पसको व्यवस्थापन भद्रगोल भएको हो ।

क्याम्पस सुधारको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जेठ ३० गते लगाएको ताला आज खुले पनि व्यवस्थापनमा देखिएको कमजोरी भने सुधार हुन समय लाग्ने देखिएको छ । नेविसंघले क्याम्पसमा तोडफोडसहित तालाबन्दी गरेको थियो । त्यसअघि विभिन्न २१ बुँदे माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ताला लगाएको थियो ।

वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको बोलपत्र अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण अगाडि बढाउन, इ-लाइब्रेरीको प्रभावकारी बनाउन, शौचालय र पिउने पानीको उचित व्यवस्था गर्नलगायत माग राखेर दुवै संगठनले ताला लगाएका थिए ।

सहमतिपछि ताला आज खोलिएको नेविसंघका सभापति चिरञ्जिवी बस्यालले जानकारी दिनुभयो । पटकपटक विद्यार्थीका आन्दोलन र व्यवस्थापन समितिका सदस्यबीचको विवादले क्याम्पसको शैक्षिक अवस्थालाई समेत प्रभावित पार्ने देखिएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले सहमतिका लागि पटकपटक छलफलमा बोलाउँदा नआएकाले विवाद समाधान हुन नसकेको बताउनुभयो । क्याम्पस प्रशासनले निष्पक्ष ढंगले काम नगर्दा पटकपटक आन्दोलन गर्नुपरेको अनेरास्ववियुका अध्यक्ष योगेश पराजुलीले बताउनुभयो ।

विसं २०४५ मा स्थापना भएको सो सामुदायिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेष्टर प्रणालीबाट व्यवस्थापनतर्फ एमबिएस, चारवर्षे बिबिएस, मानविकी तथा सामाजिकशास्त्रतर्फ समाजशास्त्र र मानवशास्त्रमा एमए, बिए, शिक्षाशास्त्रतर्फ चारवर्षे र एकवर्षे बिएड कक्षा सञ्चालन हुँदै आएको छ । क्याम्पसमा एक हजार सात सय विद्यार्थी अध्ययनरत तथा ६० प्राध्यापक प्राध्यापनरत छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार