भाद्र ३१, २०८३ बुधबार September 16, 2026

भारतको नेपालमाथि अघोषित नाकाबन्दी, बंगलादेश हिडेका २५ ट्रक पूर्वी सीमामा रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा थन्किएको छ । लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भइरहेको समयमा नेपाली वस्तु निर्यात हुन दिइएको छैन । विना कारण भारतले नेपाली सामानलाई सीमामा रोकेर राखेको छ ।

नेपाल-बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैनले भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको हो । तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्नै दिएन ।

उनका अनुसार बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोक्यो । भारतीय पक्षले गाडी अगाडी जान नदिएपछि फर्काउन पनि नमिलेको भन्दै उहाँले सबै गाडी मेची पुलमा अलपत्र परेको जानकारी दिनुभयो ।

नेपालबाट चिया, अलैंची र अम्रिसोका गाडी भारत र बंगलादेशका लागि पठाइएको हो । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ । मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जानकारी दियो ।

भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई दिइएको छ । त्यहि अनुसार नेपाली सामान भारतीय प्रहरीले सीमामा रोकेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया