श्रावण ३१, २०८३ आइतबार August 16, 2026

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : उपप्रधानमन्त्री यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन्।

मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको अभाव सँगै उपचार बिना कोई कसैलाई मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

स्वास्थ्य सेवा मौलिक हकको रुपमा राज्यले स्थापित गरेको हुँदा नागरिकलाई सर्वसुलभ एवम् गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालय लागिपरेको उनले बताए।

मन्त्री यादवले प्रादेशिक अस्पताल कलैयालाई ५० बाट एक सय बेडको अस्पताल बनाउने भन्दै यस अस्पतालमा थप जनशति, विशेषज्ञ चिकित्सकको समेत व्यवस्था गर्ने प्रतिवद्धता जनाए। राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्र डामाडोल भएको स्वीकार गर्दै यो सरकार स्थिर रही अर्थतन्त्रलाई सुधार गर्ने उनले दाबी गरे।

मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल कलैया एकाई समितिका अध्यक्ष फुल महम्द अन्सारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल मधेस प्रदेशका अध्यक्ष शिवशंकरप्रसाद यादव, प्रादेशिक अस्पताल कलैया विकास समितिका अध्यक्ष सुशील चौँलागाई, अस्पतालका प्रमुख डा अजय गुप्तालगायतले विचार व्यक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार