असार २०, २०८२ शुक्रबार July 4, 2025

निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय बढी महिला लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा, ८ चैत ।  महिलाहरुको स्वास्थ्य सम्बन्धि समस्या अधिक रहेको भन्दै निजगढ वडा नम्बर ५ र ६ मा मंगलबार र बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सम्पन्न भएको छ ।

साथी नेपालको आयोजना तथा काठमाडौ वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोगमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको शिविरमा दुबै वडाका ९ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।

निजगढ नगरपालिका वडा नम्बर ५ र ६ को सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. आषिश बस्नेत सहितको टोलीले पहिलो दिन वडा नम्बर ५ मा ४ सय ७५ बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरेका थिए भने दोस्रो दिन वडा नम्बर ६ मा ४ सय २५ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।

शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर लगायतको परीक्षण तथा उपचार गरिएको थियो ।

पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरुलाई सुबिधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया सेवा प्रदान गरिने आयोजक साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले बताईन ।

महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न शिवीरको आयोजना गरिएको अध्यक्ष सापकोटाले जानकारी दिईन । संविधान सभाका सदस्य एवंम नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले शिविरको उद्धाटन गरेका थिए । सुरुचि भण्डारी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार