असार २३, २०८२ सोमबार July 7, 2025

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै पर्यटन मन्त्रालयको प्रस्तावमा बैठकले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा कोरियाली ७ जना र ३ जना नेपाली गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बिहीवार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार ललितपुरका डा. अरनिको पाण्डे, काठमाण्डौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार