असार २०, २०८२ शुक्रबार July 4, 2025

सहरी विकासमन्त्री बुढा र महानगर प्रमुख बालेनबीच फोहर व्यवस्थापनबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच नुवाकोटको बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।

मन्त्री बुढा र प्रमुख शाहबीच आज मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको हो। तत्कालका लागि स्थानीयको सरोकारलाई सम्बोधन हुने गरी बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र माग सम्बोधन गर्ने विषयमा प्रमुख शाहसँग मन्त्री बुढाले मिलेर अघि बढ्न प्रस्ताव गरे।

मन्त्री बुढाले बञ्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय तथा सहकार्य गर्न चाहेको उल्लेख गरे।

‘काठमाडौंको विकासका लागि महानगरपालिकाले गर्न चाहेका विकास निर्माणका काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौँ’, उनले भने, ‘सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ।’

प्रमुख शाहले फोहर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको बताए। उनले महानगरले केही वडावाट  शून्य फोहर कार्यक्रम सुरु गर्न लागेको उनले जानकारी दिए। उनले बञ्चरेडाँडास्थित ल्याण्डफिलसाइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरी फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए।

प्रमुख शाहले काठमाडौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अव्यवस्थित बस्तीलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न मन्त्री बुढासँग आग्रह गरे। छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याललगायत सहभागी थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार